उत्पादित वस्तुहरुलाई विश्व बजारमा पुर्‍याउन आन्तरिक लगानीको प्रवर्द्धन जरुरी : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित वस्तुहरुलाई विश्व बजारमा पुर्‍याउन आन्तरिक लगानीको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँलै मन्त्री भण्डारीले यस्तो बताए । उनले बढ्दो आयात असन्तुलनलाई व्यवस्थित गर्न निकासी पैठारी विधेयक ल्याइएको बताए ।

उनले वस्तु निर्यात गर्न नसक्नुका कारणबारे विधेयकको दफावार छलफलका क्रममा निक्र्यौल गर्दै विधेयकलाई थप समृद्ध बनाउनुपर्ने बताए । उनले सरकारले तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा कर बढी लगाउँदा नेपाली बजारमा वस्तुको भाउ महंगो हुने गरेको उल्लेख गरे ।

उनले २०१३ सालमा बनेको ऐनलाई थप समृद्ध बनाउँदै आजको आवश्यकताअनुसार विधेयक ल्याइएको बताए । उनले भने,‘आज आयात जुन असन्तुलन बढीरहेको छ । वस्तु निर्यात गर्न सकिरहेका छैनौं । यसका थुप्रै कारणहरु छन् । विधेयकको दफावार छलफलमा हामी यि विषयहरुमा छलफल गर्नेर्छौं । हामीले आज पनि हाम्रो वस्तु उत्पादनमा कच्चा पदार्थको रुपमा आयत गर्छौं । त्यो आयातित वस्तुलाई सरकारले दिने सहुलियतका सन्दर्भमा हामीले तयारी वस्तुमा कम कर लगाउने कच्चा पदार्थमा कर बढी लगाउँदा नेपाली बजार र नेपाली उद्योगले उत्पादन गरेको बजार महंगो हुन जान्छ । त्यसैले सरकारको तर्फबाट हामीले यो कुरामा विधेयकको माध्यमबाट व्यवस्था गर्न खोजिरहेका छौं । हिजो २०१३ सालमा बनेको ऐन अहिलेको समयसापेक्ष हुन सकेन । यसलाई समृद्ध बनाउँदै आजका आवश्यकता र चुनौतिहरुलाई सम्बोधन गर्न नयाँ ऐन खोजिएको छ । हामीले बनाएका कयौं ऐनहरुमा काम गर्न आजको दिनमा गाह्रो भइरहेको छ । हामीले अबको पूँजीबजारमा नेपालको आन्तरिक पुँजी प्रवद्र्धन गर्ने, बाह्य पूँजीलाई भित्र्याउने हाम्रो लक्ष्य छ । वस्तु निर्यातमा बाह्य लगानी आवश्यक छ, आन्तरिक लगानीको प्रवद्र्धन आवश्यक छ । तब मात्र हामी हाम्रा वस्तुलाई विश्व बजारमा पुर्‍याउन सक्छौं ।’

विधेयकले नेपाली वस्तु तथा सेवाको वस्तु निर्यातमा सहजिकरण गर्ने मन्त्री भण्डारीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =