गैरआवासीय राजदुतद्धारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । विभिन्न ६ देशका गैरआवासीय राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीवार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका जोइस काकुरामत्सी किकाफुण्डा, बोस्निया तथा अर्जगोभिनाका जारिस हर्ले, गणतन्त्र ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउत्सोमितोपौलोले ओहोदाका प्रमाणपत्र पेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =