मन्त्रालयको पत्रपछि पनि बालेनको अडान कायमै, निमित्तलाई आर्थिक अधिकार दिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान कायमै राखेका छन् ।

बुधबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काम गर्नका लागि सहज वातावरण बनाइदिन आग्रह गर्दै महानगरलाई पत्राचार गरेको थियो । तर,मेयर शाहले मन्त्रालयले भनेको विषयलाई अस्वीकार गर्दै निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरेका छन् ।

गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै संघीय मामिला मन्त्रालयको महानगरलाई पत्र

अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगको लागि प्रमुख स्तरीय निर्णयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीद्वारा हस्ताक्षरित पत्र पठाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =