सरकारले जिरो अंक दिएको विषयमा के भने कुलमानले ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जतिसुकै नम्बर दिए पनि त्यसले फरक नपार्ने बताएका छन्।

प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केनद्रको कार्यक्षेत्रमा रहेका सडकबत्तीको महसुल भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रममा बुधबार बोल्दै घिसिङले यस्तो बताएका हुन्। नले आफ्नो कामको मूल्यांकन जनताले गरिरहेको समेत बताए ।

“आज हो कि भोलि हो भन्ने हल्ला तपाईंले सुन्नुभएको होला तर भए पनि अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,मैले ५/६ वटा स्पष्टीकरण दिएँ होला त्यसले माने राख्दैन। मलाई जिरो दिए पनि वा सय दिए पनि त्यसले पनि माने राख्दैन। तपाईंहरूले मेरो कामको मूल्याङ्कन गर्नुभएकै छ, ”उनले भने ।

सरकारले हटाउन खोजेको भन्दै कुलमानको पक्षमा जनतामा सडकमा समेत ओर्लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =