अमेरिकाले क्यानडा, मेक्सिको र चीनमाथि आयात कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्, जसको कार्यान्वयन मंगलबारदेखि सुरु हुँदैछ। यस्तै, चीनबाट आयात हुने सामानमा पनि थप १० प्रतिशत कर लाग्नेछ, जसले कुल कर दर कम्तीमा २० प्रतिशत पुर्‍याउनेछ।

यस निर्णयसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ। ट्रम्प प्रशासनले अवैध आप्रवासनमा यी तीन देशको भूमिका रहेको आरोप लगाउँदै आयात कर वृद्धि गरेको हो।

क्यानडाका विदेशमन्त्री मेलाइन जोलीले ट्रम्प प्रशासनको निर्णयले क्यानडाको रोजगारी संकटलाई अझ गहिरो बनाएको बताएकी छन्। उनले वार्ताका माध्यमबाट समाधान खोज्ने प्रयास गरे पनि आफ्नो देशले आवश्यक कदम चाल्ने संकेत दिइन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाउमले अमेरिकासँग सहकार्य गर्न इच्छुक रहेको बताइन् तर उनले आफ्नो देश दबाबमा नपर्ने स्पष्ट गरिन्।

राष्ट्रपति ट्रम्पले भने आयात कर वृद्धिले अमेरिकी घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने तथा व्यापार असन्तुलन सुधार गर्ने दाबी गरेका छन्। उनले क्यानडा र मेक्सिकोसँगको लामो व्यापार सम्बन्धका कारण अमेरिकालाई कुनै ठूलो नोक्सान नपुग्ने तर्क गरेका छन्।

यसबीच, वाशिङ्टनमा रहेका क्यानडा र मेक्सिकोका अधिकारीहरूले निर्णय कार्यान्वयन रोक्न प्रयास गरे पनि त्यसमा सफल हुन सकेनन्। अब यी तीन देशबीचको व्यापार सम्बन्ध थप जटिल बन्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =