कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बिच विशेष छुट सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बालुवाटार काठमाडौँ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG)  and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =