गोली हानेर प्रहरीले समात्यो भारतीय नागरिक

काठमाडौं । प्रहरीले गोली हानेर पक्राउ गरेका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आइतबार गोली हानी गुड्डु पटेललाई पक्राउ गरेको थियो ।

पक्राउ गरेका उनी दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको प्रहरीले जनाएको छ ।

टोखामा गोली हानी पक्राउ गरिएका पटेल मोहम्मद हत्यामा संलग्न सुटर रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले बताए । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =