म्यानमामा कार दुर्घटना हुँदा ७ जनाको मृत्यु

याङ्गुन । पूर्वी म्यानमाको शान राज्यमा ३० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको म्यानमाको अग्नि सेवा विभागले जनाएको छ ।

दुर्घटना शनिबार राति करिब स्थानीय समय अनुसार ८ बजे भएको हो । एक स्थानीय प्रहरी अधिकारीले आइतबार बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताए ।

उनका अनुसार घाइतेमध्ये पाँच पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =