खबर दिनभर : ओलीलाई बालेनको झटारो,अध्यादेश पास गर्न उपेन्द्र बाधक,भूकम्पीय जोखिममा नेपाल

विकासका लागि हामीलाई शान्ति चाहिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
उनले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताए । उनले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताए । उनले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘युद्धले विनाश गर्दछ, शान्तिले विकास गर्दछ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रबल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरू अवसरका लागि पुगेका छन् । शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यात जस्ता कुराहरूको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौँ । अब विकासको साझेदारीका लागि आइटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौँ ।’
प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताए । गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म जारी रहनेछ ।
माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नभए प्राप्त उपलब्धि खोसिने खतरा छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गरेको बताएका छन् ।
तराई मधेस जागरण अभियानअन्तर्गत यहाँको खडक नगरपालिकामा आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “सुशासन कायम गर्नुपर्यो ।, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्यो, भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।”
सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य भइसकेको उनले जिकिर गरे ।
अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराए ।
आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादीतिर उन्मुख रहेको उनको आरोप थियो । माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पुरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाए ।
बालेनको प्रधानमन्त्रीलाई झटारो : भने – मलाई हराउन खोज्नु भएको छ, देशलाई नडुबाउनुहोला
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झटारो हानेका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आफुलाई हराउन खोजेको भन्दै देशलाई नडुबाउन आग्रह गरेका छन् ।
उनले लेखेका छन्,‘ प्रधानमन्त्रीज्यु,भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !’
पछिल्लो पटक काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन छ । महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सरकारले हालसम्म पठाएको छैन ।
प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर अध्यादेश ल्याएको होला भन्ने आश गर्न सकिँदैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानुन र विधिसँग कुनै मतलब नभएको आरोप लगाएका हुन् ।
उनले संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो नभएको बताए । उनले विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आस गर्ने ठाउँ नरहेको जिकिर गरे । उनले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने बताए ।
संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लङ्घन गरेको आरोप समेत लगाए । उनले संसदको अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरू सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने बताए ।
उनले भने ‘अहिलेका प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको ‘उस्ताद’ हुनुहुन्छ । र त्यो कुराप्रति उहाँ गौरववोध गर्नुहुन्छ । उहाँलाई संविधानसित मतलब छैन, कानुनसँग मतलब छैन, विधिसँग मतलब छैन र व्यापक छलफल तथा परामर्शसँग पनि कुनै मतलब छैन । जतिधेरै छलफल गर्यो त्यति राम्रो हो । विधिको पालन गर्नु अनिवार्य नै हो । राज्यका सञ्चालकहरूले नै विधिको पालन गर्दैनन् भने अरूलाई विधिको पालन गर भन्ने नैतिक अधिकार राख्दैन । पहिले संविधानमा हुँदै नभएको प्रावधानलाई प्रयोग गरेर उहाँले प्रतिनिधि सभा विघटन गरेको इतिहास पुरानो भएको छैन । उहाँलाई मन लाग्यो भंग गरिदियो । अदालतले त्यो बेठिक भन्न थाल्यो । त्यो पनि उहाँले टेर्नु भएन । जनमानसले त्यसलाई गलत ठानेर आन्दोलन गर्यो फेरि उहाँले दोस्रो पटक विघटन गर्नुभयो । यस्तो किसिमको पृष्ठभूमि बोकेका प्रधानमन्त्रीबाट राम्रो उद्देश्य राखेर राम्रो गरिएको होला भन्ने आशा गर्न सकिँदैन ।
कहिलेकाहीँ शंकाको लाभ लिन सकिन्छ । तर यो सरकार बनाउँदा पनि त्यस्तै भयो । नियतमै खराब भएको हो वा राम्रो नियतले ल्याएको हो भन्ने कुरा तथ्यले जे भन्छ त्यही स्वीकार गर्नुपर्छ । यसमा हामीले आग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । त्यसो भएको कारण उहाँले जुन अध्यादेश ल्याउनु भयो त्यसमा विधिले के भन्छ भने संसदीय समितिमा विचाराधीन विधेयकहरू छलफलको क्रममा रहेको समयमा अध्यादेशबाट ल्याउन पाइँदैन । ल्याउनै पर्यो भयो भने त्यो विधेयक समितिबाट फिर्ता भइसक्नुपर्छ । अनि त्यसपछि अध्यादेशको रुपमा ल्याउन सकिन्छ । उहाँले त्यो विधि पनि उल्लङ्घन गर्नुभयो । विधि उल्लङ्घन गर्ने कुरा दण्डनीय हुँदैन र रु दोस्रो, संसदको अधिवेशन नबसिरहेको बेलामा, राज्यलाई ठुलै नोक्सान भइरहेको छ भने त्यस्तो अवस्थामा अध्यादेश ल्याउन सकिन्छ । तर जब संसदको अधिवेशन बस्नुपर्ने बेलामा टार्दै उहाँले ढिला गर्दै जानुभयो । र १८ गतेपनि उहाँले बाध्य भएर बोलाउनु भएको हो । विपक्षी दलहरूले संयुक्त वक्तव्य दिएपछि बाध्य भएर संसदको अधिवेशन बोलाइएको हो ।’
उनले भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नाहरूलाई पोस्नको लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए । उनले वर्तमान सरकारसँग देश विकासको लागि कुनै खाका नरहेको टिप्पणी गरे ।
गोरखा भूकम्पपछि ५५ हजार बढी परकम्प, यस वर्ष मात्रै २२ पटक गयो परकम्प
नेपालमा वि।सं। २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि बारम्बार परकम्प गइरहेका छन् । २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७।६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
२०७२ सालको भूकम्पपछि नेपालमा बारम्बार भूकम्पको परकम्प गइरहेका छन् । यसरी बारम्बार परकम्प गइरहँदा नागरिकहरु भने त्रसित बनेका छन् । यसअघि वि।सं।१९९० सालमा महाभूकम्प गएको थियो ।
परकम्पनकै क्रममा नेपालमा शुक्रवार बिहानमात्रै ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार २ बजेर ५१ मिनेटको समयमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका सहित देशका विभिन्न भाग तथा भारतमा समेत महसुस गरिएको थियो ।
यसबाट अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । २०७२ सालमा गोरखा केन्द्रविन्दु बनाएर गएको भूकम्पको झल्को दिने गरी शुक्रवार विहान भूकम्प गएको भूकम्पविद्ले बताएका छन् ।
गत माघ ३० गते जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसरी यस वर्षको हालसम्म २२ पटक भूकम्पको परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गोरखामा गएको भूकम्पको परकम्पका रुपमा शुक्रबार को सिन्धुपाल्चोकको भूकम्पलाई लिन सकिने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् भरत प्रसाद कोइरालाले मकालुखबरलाई बताए ।
उनले भने,‘२०७२ बैशाख १२ मा ठूलै भूकम्प गयो । उक्त भूकम्पले यो क्षेत्रमा सञ्चित इनर्जी ९शक्ति० सबै निकालेको छैन । त्यो सबै शक्ति ननिक्लिएको र शक्ति निस्किने एउटै माध्यम भूकम्प हो । सञ्चित भएको शक्ति निस्किएको हो यो चाहीँ ।’
वरिष्ठ भूकम्पविद् कोइरालाका अनुसार एउटा भूकम्प गइसकेपछि शक्ति सञ्चित हुने प्रक्रिया निरन्तर जारी रहन्छ । ‘भूकम्प गएपछि एकछिन त्यहाँको चट्टनाले थेग्न सकुन्जेल थेग्छ । थेग्न नसकेपछि चट्टान भाँचिन्छ । भाँचिदाखेरी त्यसका तरंगहरु निस्कन्छन् । यसरी चाहीँ हामीले हल्लाएको महशुस गर्ने हो,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् कोइरालाले भने ।
भूकम्पले शक्ति निकालेपनि खेल्ने क्रम जारी रहने उनी बताउँछन् । भूकम्प गएर अलिकति इनर्जी ९शक्ति० निस्किएपनि ठेल्ने क्रम, शक्ति सञ्चित हुने क्रम जारी नै रहने कोइरालाले बताए । उनले भने,‘ भूकम्प गएर अलिकति इनर्जी ९शक्ति० निस्किएपनि ठेल्ने क्रम, शक्ति सञ्चित हुने क्रम जारी नै रहन्छ । अनि त्यो ठाउँमा शक्ति सञ्चित हुन्छ र फेरी अर्को भूकम्प गएर त्यो शक्ति निस्किने हो । त्यही क्रममा गोरखा हुँदै डोटी,बझाङ्ग,बाजुरा,जाजरकोट लगायत ठाउँहरुमा भूकम्प गए ।’
२०७२ सालमा गोरखा भूकम्पपछि साना ठूला गरेर ५५ हजार बढी परकम्प गइसकेको वरिष्ठ भूकम्पविद् कोइरालाले बताए । उनका अनुसार गोरखा भूकम्पपछि चार म्याग्निच्युड भन्दा बढीका ६ सय २ वटा परकम्प गएका छन् ।
नेपाल भूकम्पीय जोखिममा रहेको चर्चा गर्दै वरिष्ठ भूकम्पविद् कोइरालाले भने,‘नेपाल भूकम्पीय जोखिममा छ । हामी भूकम्पीय जोखिममा छौँ । त्यसकारण हामी सबै सचेत हुन जरुरी छ ।’
अब बन्ने भवनहरु भूकम्प प्रतिरोधी हुनुपर्नेमा उनले जोड दिए । ‘अहिलेसम्म जति हामीले भूकम्पले मान्छेको मृत्यु भएको भनेका छौँ नी, त्यो भूकम्पले आफैं मान्छे मारेको होइन । खुला चौरमा बसेका कसैको पनि मृत्यु भएको छैन । भूकम्प प्रतिरोधी संरचना निर्माण नगरिएपछि मान्छेको मृत्यु भयो । हामीले बनाएका संरचना भत्किए । त्यसकारण सबैभन्दा राम्रो भनेको हाम्रा संरचनाहरु भूकम्प प्रतिरोधी बनाउन आवश्यक छ । सबैभन्दा उत्तम उपाय यही नै हो ।’
सरकारले देशलाई मरुभूमिकरण गर्ने कानून ल्याउन खोज्यो, भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमीसम्बन्धी कानूनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले सरकारले देशलाई मरुभूमिकरण गर्ने कानून ल्याउने काम गरेको आरोप समेत लगाए ।
उनले अध्यादेश पास भएमा सुकुम्वासीको नाममा भूमाफिया, विचौलीयाहरु, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र विक्री वितरण गर्ने धन्दा शुरु हुने जिकिर गरे ।
उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वन संरक्षणको लागि सहायता माग्दै आएकोमा अध्यादेशले कानूनको रूप लिए त्यस्तो सहायता समेत रोकिने बताए । उनले वन फडानी गरेर सुकुम्वासी व्यवस्थापन गर्न नहुनेमा उनको जोड छ ।
उनले भने, ‘सुकुम्वासीको नाममा भूमाफिया, विचौलीयाहरु, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र त्यसलाई विक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ । यसले देशको अर्थतन्त्र चौपट गर्ने, पर्यावरणलाई नष्ट पार्ने र यही ऐन बोकेर कोपमा जानुपर्ने हो । के भनेर जाने रु अस्ति भर्खरै राष्ट्रपतिले हामी वन संरक्षण गर्छौं भनेर आएका होइनन् रु दो हामीलाई वन र पर्यावरण संरक्षण गर्नको लागि सहयोग होस् भनेर आउनुभएको होइन । अनि अब वन संरक्षण गर्नको लागि यस्तो कानून ल्याएको रु भनेर साध्यो भने के जवाफ दिनु नेपालमा रु कस्ता फटाहाहरू हुन् भन्दैन । देशलाई मरुभूमिकरण गर्ने कानून ल्याउने काम गरियो । विचित्रको चरित्र छ । र यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन । दोस्रो, सुकुम्बासीको समस्या छ । जो वास्तविक भूमिहीनहरू छन् । जसको न बस्न लायक घर छ न टेक्ने ठाउँ छ तिनका पनि समस्या छन् । यसरी वन फडानी गरेर बसोबास गराउँदाखेरि ती भूमिहीनहरू घरबार विहीन भएर पोखरिका डिलमा, सडकको छेउमा बसोबास गर्ने मान्छेलाई अहिलेसम्म देखेको थिएन ?’
सरकारले बनाएको भूमि आयोग भूमिहीनको समस्या समाधान गर्नको लागि नभई भूमाफियाहरुमार्फत अनुचित लाभ लिन र देशलाई बर्बाद पार्ने उद्देश्यले बनाइएको आरोप समेत लगाए ।
कांग्रेसले भन्यो – नो केबलकार स्वीकार्य छैन
नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
शुक्रवार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्नेगरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।
उनले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभइ श्रद्धाालुहरुलाई सहज पुहुँच पुर्याउने बताए । बैठकमा स्ववियु निर्वाचनको पारदर्शिता सुनिश्चित गर्नेकुरामा पनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको बताए ।
अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको बताए । उनले भने, ‘निर्वाचन सम्बन्धी पहिलाको अध्यादेश, विधेयकहरुको विषयवस्तु थियो । आउँदो अधिवेशनमा निर्वाचनसम्बन्धी विधेयक त्यहीँ नै छलफल गरेर टुंगो लाग्छ । निर्वाचनसम्बन्धी विषय, संविधान संशोधनको विषय छ । एउटा कार्यदल बनाएर अन्य दलहरुको पनि सहमति लिएर त्यसको टुंगो लगाउने भन्नेछ । कस्तो खाले समावेशिता भन्नेबारेमा छलफल गरिरहेका छौँ । पाथीभरा केबलकारको विषय छ । संवेदनशिलता पहिचान, किराँत संस्कृतिका कुरालाई उच्च सम्मान गर्दछौँ । सँगै केबलकारले अलि सहज गर्दछ, मन्दिरमा पुग्नलाई भन्ने मुल मक्सद हो । यो विषयलाई लिएर गतिरोध उत्पन्न भएको छ । यसलाई शान्तिपूर्ण छलफलबाट टुंग्याउनुपर्छ भन्नेकुरा सरकारले पनि निर्णय गरेको छ । छलफल र संवादबाटै यसको समाधान गर्ने भन्ने हो । पहिचान र महत्वलाई कतै कमजोर नबनाइ अघि बढाउन सकिन्छ । केबलकार त श्रद्धा गर्नेलाई त्यहाँ पुग्न सहज होस् भन्ने माध्यम हो । त्यसले आस्थामा कुण्ठित गर्ने कुरा हुँदैन । धार्मिक आस्थाको रुपमा बहस गर्न जरुरी छैन । सबैको आस्थाको केन्द्र हो । स्ववियु निर्वाचनलाई पारदर्शिता सुनिश्चित गर्नेकुरामा राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्ने । अनावश्यक झैझगडा नहोस् भन्ने हो ।’
उहाँले संविधान संशोधनको विषयमा पनि छलफल भएको र त्यसमा सरकारको तर्फबाट कार्यदल बनेको र संशोधन आवश्यक भएका विषयमा आफ्नो पार्टीले धारणा बनाउने बताए ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचन सम्बन्धी विधेयक गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गृहकार्य गरिरहेकाले सो विषयमा छलफल गरेको बताए ।
विधेयबारे सैद्धान्तिक छलफल भएको र राजनीतिक दलसम्बन्धी विधेयकका कतिपय दफाहरु शुन्यताको अवस्थामा रहेकाले उक्त विधेयकमा के गर्ने भन्नेबारेमा छलफल भएको बताउनु भयो । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई कसरी जिताउने भन्नेबारेमा छलफल भएको बताए ।
उनले विधेयकहरु कसरी छिटो भन्दा छिटो अघि बढाउने भन्नेबारेमा छलफल भएको बताए ।
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा विद्युत विक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
विद्युत खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरू लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । गत आ.व. २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत उत्पादन, प्रशारण र वितरणतर्फका पूर्वाधार बिस्तार एवं सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरूमा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालु आ.व.को ६ महिनामा विद्युत विक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा संवद्ध कम्पनीहरूबाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरूबाट ५ अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।
खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
गत साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ । यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ ।
भूकम्प अपडेट : छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रवार बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिए ।
उनका अनुसार भूकम्पका कारण ती जिल्लाका छ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
काठमाडौँमा दुई जना घाइते भएका छन् भने सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । तीन परिवार विस्थापित भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । ती जिल्लामा अहिलेसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका प्रहरी नायब महानिरीक्षक आचार्यले उल्लेख गरे ।
आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।
जुम्लामा बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती
जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ ।
चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो । अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो ।
बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युत्को लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह बन्द भएको तिला–२ का वडाध्यक्ष चन्द्र बोहोराले बताउनुभयो । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको भन्दै केही साताभित्र विद्युत्को लाइन जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
“बर्थिङ सेन्टरलाई आवश्यक पर्ने स्रोतसाधन र बजेटको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको हो । यहाँबाट उपलब्ध सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयलाई सास्ती भइरहेको छ”, उनले भने ।
तत्काल बर्थिङ सेन्टर सञ्चालन गरी स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताए । “उक्त सेन्टर सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेका छौँ । अहिले पालिकाको एम्बुलेन्सले सुत्केरीलाई निःशुल्क रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने र पुर्याउने गरिरहेको छ”, उनले भने ।
अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयलले गुनासो गरेका छन् ।
रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टरका लागि नयाँ भवन निर्माण सम्पन्न भइसकेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । यसअघि यहाँ तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो । गत आर्थिक वर्षमा २२ जनाले सुत्केरी सेवा लिएका जनाउँदै उहाँले चालु आवमा कसैले पनि सेवा नलिएका बताए ।
पुरानो र जीर्ण भवनबाट लामो सयमसम्म सेवा दिएको बर्थिङ सेन्टरको सुविधासम्पन्न भवन निर्माणका लागि सेवा बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हर्क रावतले बताए ।
यहाँबाट दिइने सेवा बन्द भएपछि गर्भवती र सुत्केरीले सास्ती खेप्नुपरेको तिला–१ वडाध्यक्ष जङ्गबहादुर बस्नेतको भनाइ छ । उनका अनुसार गत वर्षको जेठदेखि चालु आवको हालसम्म बर्थिङ सेन्टर बन्द हुँदा यहाँका सेवाग्राही प्रसूति सेवाका लागि सदरमुकाम र बाहिर जान बाध्य भएका छन् ।
घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत
नेपाल आयल सिनगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिवारदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत राखिएको छ । एलपि ग्यासको मूल्य समेत यथावत राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सुनको मूल्यमा भारी गिरावट
नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
केपी ओली कप : संकटालाई हराउँदै आर्मी फाइनलमा
संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २– १गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकएक गोल गरे । नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र आर्मीले फाइनलमा स्थान पक्का गर्यो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
इयुका कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ ९इयु० बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।
चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए ।
अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको बताए ।
अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए ।
इयुले मुलतः कृषि उत्पादनहरु स्वीकान नगर्ने उनको भनाइ छ ।








