बालेनको प्रधानमन्त्रीलाई झटारो : भने – मलाई हराउन खोज्नु भएको छ, देशलाई नडुबाउनुहोला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झटारो हानेका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आफुलाई हराउन खोजेको भन्दै देशलाई नडुबाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्,‘ प्रधानमन्त्रीज्यु,भोको पेट मारेर मलाई हराउन खोज्नु भाको  छ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !’

पछिल्लो पटक काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत विहीन छ । महानगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सरकारले हालसम्म पठाएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =