जनतामा निराशा बढेपछि सत्तापक्ष अत्तालियो : शिशिर खनाल
२०८१ फागुन १३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पूर्वराजाले बोल्नुभएको विषयले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरु संस्थागत हुँदै गएको, अभ्यासहरु परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताए ।
सरकारले जनपेक्षाअनुसारका काम गर्न नसकेको बताए । जनचाहनाअनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको बताए ।
२०८१ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








