नेपाल ‘ग्रे लिस्ट’ मा परेको जिम्मा देउवा,ओली र प्रचण्डले लिनुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ‘ग्रे लिस्ट’ मा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूची बनाएर कम गर्नुपर्नै बताए ।

उनले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर सत्तामा रहेको कुरा बिर्सन नहुने बताए । नेपाल ‘ग्रे लिस्ट’ मा परेको जिम्मा तीन प्रमुख नेताहरुले नै लिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =