प्रधानमन्त्रीको आग्रह- विभिन्न विषयको छात्रवृत्तिका लागि एकदुई दिनभित्रै आवेदन दिन दिनुहोला

काठमाडौँ । प्रधानमन्त्री कपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेको जानकारी दिएका छन् ।
मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्र्याजुएट एमबिबिएस १ जना, पोस्ट ग्र्याजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पिएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको बताएका छन् ।
उनले लेखेका छन् ‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला ।’
उनले सर्वसाधारणलाई खाली रहेको सिटमा एकदुई दिनभित्रै आवेदन आग्रह गरेका छन् । उनले आवेदनका लागि [email protected] मा जान भनेका छन् ।









