इन्स्पेक्टर सन्तोषीको शंकास्पद मृत्युपछि अनुसन्धान थालियो
२०८१ फागुन १२ गते

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी निरीक्षक सन्तोषी महत पोखरामा मृत फेला परेकी छन् । लामपाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत महत शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्राप्त जानकारीअनुसार, उनी सशस्त्र प्रहरी बलको सि.सं. १७ आधारभूत तालिममा प्रशिक्षणरत थिइन् । शिक्षालयभित्रै प्रशिक्षार्थी महिला ब्यारेकसँग जोडिएको शौचालयको बाँसको बलोमा नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी भेटिएकी थिइन् ।
सिन्धुपाल्चोक, लौगर्चे-४ की स्थायी बासिन्दा महत सशस्त्र प्रहरी जवानका रूपमा सेवा प्रवेश गरी असई हुँदै निरीक्षकसम्म पुग्न सफल भएकी थिइन् । यस घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
२०८१ फागुन १२ गते
प्रतिक्रिया








