सरकारले जवाफ नदिए संसदभित्रै आन्दोलन गर्छु : सांसद पासवान

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुरमा भएको सामूहिक बलात्कारपछि हत्या प्रकरणमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आइतबारको सभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले बलात्कारपछि हत्या भएको १५ दिन भइसक्दासमेत सरकारले कुने जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाए ।

उनले सरकारले संसदमा बोलेका कुराहरूको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने उनको चेतावनी थियो ।

उनले भने ‘संसदमा उठाएका कुराहरूको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिन सक्नुभएको छैन । न तपाईँको अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारबाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’

उनले सरकारले नसुने दलित हक अधिकारको लागि आन्दोलन गर्ने पनि बताए । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =