प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञको जोड

काठमाडौं । प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

काठमाडौंमा शनिवार भएको आज फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विज्ञहरूले प्रविधिको सही प्रयोग गर्न जोड दिएका हुन् ।

कार्यक्रममा आइटी विज्ञ वसन्त वनले पछिल्लो समय प्रविधि विकास तीव्र गतिमा भइरहेको बताउँदै सोही अनुसार प्रयोग गरी अघि बढ्न चुनौती रहेको बताए । उनले प्रविधिअनुसार आफूलाई समयानुकूल अपग्रेड गर्दै जान नसके मुलुकको विकास नै धेरै पछाडि पर्ने खतरा रहेको बताए ।

उनले नेपाल दुई विशाल मुलुकको बिचमा रहेको बताउँदै आइटी, स्मार्ट टेक्नोलोजिलाई अङ्घिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकको आवश्यकताअनुसार अघि बढ्नका लागि रूपान्तरणको ठूलो खाँचो समेत रहेको बताए ।

उनले भने–‘मुलुकको आवश्यकता अनुसार अघि बढ्नका लागि हामीमा रूपान्तरणको ठूलो खाँचो छ । रुपन्तरण नभई जब हामी तानतान गछौँ, कुनै पनि विषयलाई पक्षपोषणका हिसाबले, कतातिर जोडिएका छौं भनेर केन्द्रमा राखेर हेर्न थालियो भने जहिले पनि उस्ताको उस्तै रहन्छौँ । त्यसैले अबको आवश्यकता एकदमै फरक छ । खुला रुपमा छलफल गरेर अघि बढ्नुपर्छ ।’

पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधारको विकास नभई आर्थिक विकास नहुने बताए । उनका अनुसार यातायात, सिंचाई, सूचना प्रविधि, सहरी विकास, जस्ता क्षेत्रहरूलाई राम्रोसँग अघि बढाउन सके यिनीहरूले भविष्यमा राम्रो प्रतिफल दिन सक्नेछन् ।

उनले भने– ‘पूर्वाधारको विकास नभई आर्थिक विकास हुँदैन । आर्थिक विकास नभई सामाजिक विकास हुँदैन । सामाजिक विकासमा धेरै एनजीओ, आइएजीओ, सरकार लागेको देखिन्छ ।’

अर्का विज्ञ डा. सुदन ओलीले विदेशमा गएका नागरिकको सन्दर्भमा रोजगारी सिर्जना गर्न नसकेपनि स्वदेशमा भएकाहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न जरुरी रहेको बताए ।

चीनले गरिरहेको विकास, गरिबी न्यूनीकरण र प्रविधिको विकासलाई नेपालले समेत सिक्न जरुरी रहेको उनको भनाइ थियो । उनका अनुसार रोजगारी सिर्जना निजी क्षेत्रबाटै हुने हो । निजी क्षेत्रमैत्री वातावरणका लागि सरकारले अहिले थ्रुपै कानून ल्याएको बताउँदै त्यो सकारात्मक रहेको छ ।

उनले भने–‘कम्तीमा यहाँ (नेपालमा) बस्ने मान्छेलाई रोजगारीको सिर्जना गरौँ । सबै विदेश गएका छैनन् ।’

संस्थाका अध्यक्ष सोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्का विज्ञ डा. केशव बस्यालले सधैँ गुनासो गरेर बसिरहने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

उनले भने – ‘हाम्रो फाइनाशियल ग्याप छ, दुई महत्वपूर्ण पार्टनर भारत–चीन छन । यी दुई देशलाई हामीले चाहेर पनि छुट्टाउन सक्दैनौँ । किनभने हाम्रो इमिडेट बेनिफिट लिने भनेको यी दुई देशबाटै हो ।’

उनले भारत–चीनबाट नेपालले धेरै फाइदा लिन सक्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =