स्काउटको अवस्था देशभर खस्किँदै गएको छ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिवार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए ।

उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताए । मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरू केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताए । उनले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले भने, ‘हामी ७५३ वटा स्थानीय तह छौँ । अस्ति म जनकपुर जाने सिलसिलामा मधेस प्रदेशको अफिस गएको थिएँ । त्यो ठाउँ हेर्दा खेरी मधेस प्रदेशको स्काउटिङको अवस्था हेर्दा मैले साँच्चै यो देशमा स्काउट हराएको छ भन्ने महशुस भयो । हामी मधेसमा पढ्दा जुन किसिमको थियो, तराई मधेसमा अहिले स्काउटिङ तराई मधेसमा नेतृत्व लिने व्यक्तिहरूले स्काउटसँग कुनै सरोकार नराख्ने, हात मिलाउन पनि नआउने, केही नजान्ने रहेछन् । मधेस प्रदेशमा स्काउटको हालत छ, त्यो धेरै नै नराम्रो छ ।’

मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गरे । स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिन कर्मचारी ल्याएको बताए । सार्वजनिक संस्थामा आउनेहरूले राजनीति गर्न नहुने बताए । राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिस्पर्धा गर्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =