स्ववियु निर्वाचनको तालिका सार्वजनिक
२०८१ फागुन ९ गते

काठमाडौं । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । यसैबीच शुक्रवार त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।
त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

२०८१ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








