कीर्तिमानी उचाइमा सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८१ फागुन ८ गते

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
२०८१ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








