भारतमा नेपाली विद्यार्थीले गरेको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता
२०८१ फागुन ५ गते

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई गरेको दमनको अनेरास्ववियुले भत्र्सना गरेको छ ।
अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै अकेआईआईटीको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाप्रति सङ्गठनको ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीलाई दमन र उल्टै कलेजबाट निकाल्ने काम भएको भन्दै घोर भत्र्सना गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा यस घटनाको कूटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरि छानबिन गराउन तथा नेपाली विद्यार्थीको सुरक्षाको लागि पहल गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
अनेरास्ववियुले नेपाली विद्यार्थीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

२०८१ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








