कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटल बिच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रा।लि। बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, तथा टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =