आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु
२०८१ फागुन ४ गते

सांकेतिक तस्बिर
बर्दिया । बर्दियाको मधुवन नगरपालिका-९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणमा परी एक साढे दुई वर्षीय बालकको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए। खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।
प्रहरीका अनुसार नेपाल-भारत सिमास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका-५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
२०८१ फागुन ४ गते
प्रतिक्रिया








