बुर्तिङतर्फ जाँदै गरेको टिपर लामिडाँडामा दुर्घटना, चालकको मृत्यु
२०८१ फागुन ३ गते

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग१क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।
टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उनले बताए ।
२०८१ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








