नाबालिका छोरीसहित पोखरीमा हामफालिन् २२ वर्षीया प्रिती

मोरङ । मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ भने शिशुको मृत्यु भएको छ । शुक्रबार साँझ बेलबारी नगरपालिका-९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेकी थिइन् ।

शिशुलाई पनि उद्धार गरेर उपचारका लागि पठाइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीका अनुसार नाबालिका छोरीलाई लिएर निस्किएकी प्रीतिले घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको माछा पोखरीमा हामफालेकी थिइन् ।

हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए । अस्पताल पुर्‍याउन साथ राति ८ः३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । महिलाको पनि अवस्था गम्भीर छ । आईसीयूमा राखेर उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =