सुधार केन्द्रमा निर्घात कुटिएका युवकको मृत्यु, संलग्न सात जनालाई प्रहरीले समात्यो

जनकपुर । बारा जिल्लाको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
सुधार केन्द्रमा बस्नेहरुबीच विवाद भएपछि बिहीबार कलैया उपमहानगर ९ का ३२ वर्षीय धीरेन्द्र महतोमाथि निर्घात कुटपिट गरिएको थियो । घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार कलैया ४ का २२ वर्षीय निरज सर्राफ, कलैया ३ १९ वर्षीय सरफराज मन्सुरी, कलैया ६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया १ का २४ वर्षीय अरुण सर्राफ, कलैया २ का २१ वर्षीय प्रमेश्वर साह, कलैया १ का १९ वर्षीय सागर गुप्ता,कलैया ३ का २९ वर्षीय तमन्ना अलीलाई पक्राउ गरिएको हो । केन्द्रबाटै पक्राउ परेका उनीहरुमाथि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
विवादको विषय भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।








