स्मार्टच्वाईस टेक्नोलोजिज र एनसिएचएल बिच भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था (NCHL) बिच अलिपे प्लस (Alipay+) मार्फत स्मार्ट क्युआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।

अलिपे प्लस (Alipay+) ले , China, Philippiness, Malaysia, South Korea, Thailand, Indonesia लगायतका राष्ट्रका e-wallet र मोबाइल बैङ्किङ्ग मार्फत अन्तर्देशीय भुक्तानी सेवा दिँदै आएको छ ।

यस सम्झौता पश्चात अलिपेका १.६ बिलियन भन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ । क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

देश तथा विदेशका ग्राहकहरूलाई मध्यनजर गरेर गरिएको यस सम्झौता पछि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न झनै सहज हुने विश्वास रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *