बढ्यो सुनको मूल्य, नाघ्यो प्रतितोला १ लाख ७० हजार

२०८१ फागुन २ गते

काठमाडौं । केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला २ हजार ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ४ सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो ।

२०८१ फागुन २ गते
प्रतिक्रिया