लागु औषधसहित दुई जना नियन्त्रणमा
२०८१ फागुन १ गते

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागु औषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
एपिएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।
२०८१ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








