शुक्रपथ क्षेत्रका सबै घरमा एउटै रङ (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रस्थित शुक्रपथ सडक आसपासका घरमा एउटै रङ लगाउने काम भइरहेको छ ।

यहाँका सम्पूर्ण घरहरूमा एउटै रङ सेतो र हरियो लगाइएको छ । घरका भित्तामा सेतो र झ्यालमा हरियो रङ लगाइएको हो ।

 

जुद्ध शमशेर राणाको पालामा बनेका घरको झलक ल्याउन यहाँ सबै घरमा एकनासका रङ लगाइएको हो ।

यहाँ फराकिलो फुटपाथ बनाइएको छ भने बिजुलीका तारहरू पनि हटाइएका छन् ।

 

सवारी पार्किङ, फुटपाथ व्यवस्थापन र विद्युतीय तार भूमिगत गर्ने काम भने सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *