‘ब्रेक फेल’ भई विद्यालय बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८१ माघ ३० गते

फाइल तस्बिर
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा विद्यालय बस ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
उक्त विद्यालय बस नगरकोटमा पिकनिक मनाएर फर्किरहेको अवस्थामा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ४० जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहरेको छ ।
२०८१ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








