बढ्यो नेप्से परिसूचक,८ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता शेयर ८२ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रु ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैंक एक दशमलव ३३, वित्त एक दशमलव ५६, लगानी एक दशमलव २२ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव शून्य नौ होटल तथा पर्यटन शून्य दशमलव ६३, जलविद्युत् शून्य दशमलव शून्य चार र उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य नौ, निर्जीवन बिमा शून्य दशमलव शून्य तीन, व्यापार शून्य दशमलव ९१ र अन्य समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रु ३९ करोड ६० लाख २२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको पाँच लाख १४ हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *