सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

२०८१ माघ ३० गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित