डिभोर्सपछि एलिनालाई रचनाले भनिन् – मनको खुसी आफैंले स्थापित गर्ने हो

काठमाडौं । गायिका एलिना चौहानको डिर्भोस भएपछि अर्की गायिका रचना रिमालले मुखले मात्रै नभई मनबाट नै हाँसेको आफुले हेर्न चाहेको बताएकी छन् ।
एलिनासंगको तस्बीर सार्वजनिक गर्दै गायिका रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत् चौहानलाई हौसला प्रदान गरेकी छन् । उनले लेखेकी छन्,‘आज तपाईंले एकदम ठुलो आँट र मनले डिभोर्सको निर्णय लिनुभएको छ। दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ।’
रिमालले अरु खुसी आउँदै,जाँदै गर्ने बताउँदै मनको खुसी भने आफैंले स्थापित गर्नुपर्ने समेत बताइन् । उनले अगाडि लेखेकी छन्,‘अरु खुशि आउँदै, जाँदै गर्छन तर मनको खुशि आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि ।’
गायिका चौहानले मंगलबार मात्रै श्रीमान् विष्णु सापकोटासंग कानूनी रुपमा सम्बन्ध विच्छेद गरेकी थिइन् । विष्णु सापकोटासँगको सम्बन्धविच्छेदपछि एलिनाले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस समेत लेखेकी छन् ।
एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको ९ महिना नबित्दै उनले सम्बन्धविच्छेदको मुद्दा दायर थिइन् ।








