सांसद शर्माविरुद्ध मुद्धा नचलाउने निर्णयपछि बालेनले भने – सरी नानु,नआत्तिनु,समय आउनेछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्माविरुद्ध मुद्धा नचलाउने सरकारी वकिल कार्यालय काठमाडौंको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

१४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएकी शर्मामाथि मुद्धा नचल्ने निर्णय गरिएपछि बालेनले बालिकालाई सान्त्वना प्रदान गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा बालिकालाई सान्त्वना प्रदान गर्दै लेखेका छन्,‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ ।’

साथै महानगर प्रमुख शाहले यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तह लगाउन नानीबाबुले पढ्नुपपर्ने समेत बताए । उनले अगाडि लेखेका छन्,‘यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी शर्माविरुद्ध माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

आफूलाई श्रम शोषण गरेको, कुटपिट गरेको भन्दै पीडित बालिकाले काठमाडौँ महानगरमा सम्पर्क गरेकी थिइन् । सोही आधारमा महानगरसहित सरोकारवालाको टोलीले बालिकाको बालुवाटारस्थित शर्माकै घरबाट उद्धार गरेको थियो ।

सरकारप्रति आक्रोश व्यक्त गर्दै सांसद शर्मा विरुद्ध बालेनले लेखेको स्टाटस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =