नक्कली शरणार्थी प्रकरण
पूर्व गृहसचिव पाण्डेको मुद्धामा सर्वोच्चको ‘अन्य’ आदेश
२०८१ माघ २९ गते

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्व सचिव टेकनारायण पाण्डेको मुद्धामा सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गर्दै ‘अन्य’ आदेश दिएको छ ।
पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै पाण्डेकी पत्नी मञ्जुले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले पाण्डेकी पत्नीले दायर गरेको रिटमा ‘अन्य’ आदेश गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी तथा सचिव पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध खाँणसहित १६ जना उच्च अदालत पाटन पुगेका थिए । खाँण उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
२०८१ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








