पाथीभरा केबलकार निर्माण विवाद : सर्वोच्चले रिट निवेदन किन दर्ता गरेन ?

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसंग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसंग जोडिएको रिट निवेदनमा दरपीठ गरिदिएका हुन् ।

यस्तै विषयसंग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै निवेदन दर्ता नगरिएको सर्वोच्च अदालतले जनाएको छ ।

किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

दरपीठ आदेशमा चारवर्ष पुरानो रिट निवेदन भोलि (बुधवार) पेशीमा चढेको उल्लेख छ ।

केबलकार निर्माण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग सहित आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =