चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।
कृषि मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे ।
ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
विश्वास लिन्छौँ, विश्वास दिन्छौ भन्ने मूल नाराका साथ प्रभु बैंक अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै प्रभु बैंक फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
