नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मिटर पश्चिममा २७ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । खुशिवु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *