देवघाट महा–महोत्सवमा भक्तजनहरूको भीड (तस्बिरहरू)

काठमाडौं । तनहुँको धार्मिक स्थल देवघाटमा एक महिने महा–महोत्सव भइरहेको छ ।

देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महा–महोत्सवको आयोजना गरिएको हो ।

काली गण्डकी र त्रिशूली नदीको सङ्गम स्थलमा माघ १ गतेदेखि सुरु भएको महोत्सव माघ ३० गतेसम्म चल्ने छ ।

महा–महोत्सवमा दिनहुँ जसो भक्तजनहरूको भीड लागेको छ । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको छ ।

विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =