सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

२०८१ माघ २५ गते

काठमाडौं । महिला त्रिकोणात्मक टि–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्यान्डविरुद्ध टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजिन् ।
नेपाली टोलीमा आज २ परिवर्तन भएको छ । यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीले राष्ट्रिय महिला टोलीमा डेब्यु समेत गरेकी छन् ।
सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ ।

२०८१ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित