घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

२०८१ माघ २५ गते

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य तोलामा ४ सयले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको ५ रुपैयाँ बढेर १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।

२०८१ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित