बिहीबारको संसद बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् ।

उनले दलको बैठकमा तीन वटा एजेन्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन् ।

उनले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् ।

उनले भनिन् ‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ । संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा,सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौं । अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गराएका छौं । त्यसमा बोल्ने सांसदहरू नाम टुंग्याएका छौं । विधेयक अध्ययन समितिलाई चलायमान बनाउने निर्णय गरेका छौं ।’

उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =