थाइल्यान्डले नेपाललाई दियो १ सय ७ रनको लक्ष्य

२०८१ माघ २२ गते

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाअन्तर्गतको खेलमा थाइल्यान्डले नेपाललाई १ सय ७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो ।
एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् ।
ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् ।
नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए ।
नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।

२०८१ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित