गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

काठमाडौँ । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई–कर्मस कारोबारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) EFT Services को मा आबद्ध भई 3D Secure ACS सेवा सुरु गरेका छन् ।

उक्त सेवाको सुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई–कमर्स कारोबार गर्न सक्नेछन् ।

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सुचारु गर्नुपर्ने हुन्छ । ई–कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न 3D Secure ACS  सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिने बैंकले जनाएको छ । बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई–कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले EFT सेवा अन्तर्गत ACS का साथै विभिन्न network scheme  को कार्ड जारी गर्ने, कारोबार acquire गर्ने, कारोबार processing  तथा settlement, ई–कर्मस payment गेटवे, कार्ड personalization जस्ता कार्ड सम्बन्धी सेवाहरू आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरूलाई दिँदै आएको छ । एनसीएचएलले उक्त प्रणालीमा NEPALPAY कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परीक्षणको चरणमा रहेको छ ।

हाल NCHL को EFT Services  अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =