पूर्वमा यातायात बन्द, जनजीवन प्रभावित

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयमा भइरहेको विवादले उग्र रूप लिएको छ ।

स्थानीयले पाथीभरामा केबलकार बनाउन नहुने माग राख्दै आज पूर्वमा यातायात बन्दको आव्हान गरेका छन् ।

पूर्वका ९ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभाका केही स्थानमा यातायात बन्द गरिएको हो ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी सङ्घर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =