दार्जिलिङ नजिकैको स्वर्गीय सुन्दरता ‘जोरपोखरी’ (तस्बिरहरू)

काठमाडौँ । दार्जिलिङ नजिकै रहेको एक मनमोहक गन्तव्य हो, जोरपोखरी । जुन विशेषगरी प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हरियालीले भरिएको छ । यो समुद्री सतहबाट ७,४०० फिटको उचाइमा अवस्थित छ । यहाँ रहेका दुई सुन्दर तालहरू यसको मुख्य आकर्षण हुन् ।

यो ठाउँ कञ्चनजङ्घा हिमालको सुन्दर दृश्य, हरियाली र शान्त वातावरणको लागि प्रसिद्ध छ ।

कात्तिकदेखि जेठसम्मको अवधिलाई जोरपोखरी घुम्ने सबैभन्दा उपयुक्त समय मानिन्छ । यसबेला सफा मौसममा हिमालय पर्वतको सुन्दर दृश्य देख्न सकिन्छ । मनसुनको समयमा भने यसको सुन्दरता अझै निखारिन्छ तर बादल र पानी परेमा दृश्य अस्पष्ट हुन सक्छ ।

जोरपोखरी प्राकृतिक सौन्दर्यको लागि मात्र प्रसिद्ध नभई, जैविक विविधताको लागि पनि प्रसिद्ध छ । यहाँ विशेष गरी हिमाली प्रजातिका भ्यागुता, चराहरूको अवलोकन गर्न सकिन्छ ।

भिडभाडबाट टाढा बसेर शान्त र प्राकृतिक सौन्दर्यको मजा लिन चाहनेहरूका लागि जोरपोखरी उत्तम गन्तव्य हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *