सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
२०८१ माघ १७ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८५ रुपैयाँ छ । अघिल्लो दिन बुधबार १ हजार ८ सय ५५ मा कारोबार भएको थियो ।
२०८१ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








