सुनको मूल्य लगातार गिरावट, कतिमा हुँदैछ किनबेच ?
२०८१ माघ १५ गते

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।
आज एक तोला छापावाल सुनको मूल्य १ लाख ५९ हजार २ सय कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार १ लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।
सोमबार १ हजार ८ सय ५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ ले घटेर १ हजार ८ सय ३५ मा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।
२०८१ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित








