जाडो बिदामा घुमघामको गन्तव्य : इलाम (तस्बिरहरू)

काठमाडौँ । जाडो सुरु हुने बित्तिकै पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्ने गर्दछ । सधैँ व्यस्त रहने आन्तरिक पर्यटकहरू यसबेला भने विभिन्न गन्तव्यमा घुमघामको लागि निस्कने गर्दछन् । यसबेला विद्यालय वा कार्यालयमा पनि जाडो बिदा हुँदा धेरै जना यसको सदुपयोग गर्न घुम्न निस्केको देखिन्छ । यस बेलाको मौसम पनि घुमघामका लागि उपयुक्त हुन्छ ।
पछिल्लो समय मनाङ, मुस्ताङ, कालिन्चोक, पोखरा, लुम्बिनी, घान्द्रुक जस्ता ठाउँहरू पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा परेको ठाउँहरू हुन् । त्यस्तै इलाम पनि जाडो बिदामा घुमघामको लागि उपयुक्त गन्तव्य बन्दै आएको छ ।
इलामलाई चियाको उद्गम थलो मात्र मानिदैन्, दूध, अलैँची, अम्रिसो, अदुवा र अकबरे जस्ता नगदे बालीका लागि पनि प्रसिद्ध जिल्ला मानिन्छ ।
इलामको श्रीअन्तु, कालपोखरी, माइपोखरी, कन्याम चिया बगान, सिद्धीथुम्का, सानो पाथीभरा, गजुरमुखी, माइस्थान, सतीदेवी जस्ता थुप्रै धार्मिक एवं पर्यटकीय स्थलहरू घुम्नका लागि प्रसिद्ध स्थानहरू हुन् ।
यहाँ होटल, रिसोर्ट र ‘होम स्टे’ को पनि राम्रो सुविधा रहेको छ ।
Beautiful