मध्यरातमा बैंकमा छिरे चौधरी, प्रहरीले भित्रैबाट समात्यो

२०८१ माघ १३ गते

काठमाडौं । शनिबार राति दाङको तुलसीपुरमा एनएमबी बैंक चोरीको प्रयासमा एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको बैंकमा चोरी गर्न खोजिरहेका तुलसीपुर-१८ दुधराशका २७ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालयका अनुसार राति करिब २ बजे चौधरीले बैंकको गेटको ताला तोडेर भित्र छिरेका थिए । सूचना पाएलगत्तै प्रहरी निरीक्षक बिनोदराज खत्रीको नेतृत्वमा गएको टोलीले उनलाई चोरीका उपकरणहरूसहित पक्राउ गरेको हो ।
पक्राउका क्रममा चौधरीसँग ताला तोड्ने हथौडा, छिना, र पिलास फेला परेको छ भने प्रयोग गरिएको रा ५ प ९७९ नम्बरको स्कुटर पनि बरामद गरिएको छ । चौधरीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित